किशोरापराध
मदन सुवेदी
किशोरापराध १८ बर्ष सम्मका केटाकेटीले गर्ने जुनसुकै असामाजिक कृयाकलापलार्र्ई बुझिन्छ।१८बर्ष राज्यले व्याख्या गरेको आधारमा हुन्छ।यदि कुनै राज्यले २१ बर्ष सम्म नाबालक भनी व्याख्या गर्दछ भने त्यस राज्यको लागि २१ बर्षभन्दा तलका ले गर्ने असमायोजित क्रियाकलापलाई किशोरापराध भनी व्याख्या गर्न सक्दछ।यस्ता व्यवहार तथा कदमहरुलाइ समाजले स्वीकार गर्न सक्दैन भने ती ब्यबहारहरुलाइ कुनै किसिमको चेतावनी दिनुपर्ने ,सुधार गर्नुपर्ने वा दण्डनीय ठानिन्छ।
ृब्यवहार विचलनको स्वरुप जुन किशोरकिशोरीहरुले प्रदर्शन गर्दछन् त्यो ब्यवहारले आवश्यक रुपमा परामर्शदाता र मनोचिकित्सक को ध्यानलाई आकृष्ट गर्दछ।यस्ता विचलनले सामाजिक शान्ति खल्बल्याउनुका साथै विचलित आफै पनि यसबाट पीडित हुन्छन् ।मतलब टीनएजर्सका यी व्यबहार र कृयाकलापहरु समाजले स्थापित गरेको मूल्यसंग बाझिन पुग्छन् ।यस्ता कर्महरुभित्र सियो चोर्ने देखि लिएर मान्छे मार्ने सम्मका व्यबहारहरु पर्दछन् ।विशेष गरि यस्ता अपराध सांगुरा गल्ली ,घना बस्ती ,एकान्त ठाँउ तथा अध्यारोमा बढि भएको देखिन्छ /
सामान्यतया झुठो बोल्ने ,ठगी गर्ने ,बारम्बार अश्लील शब्द बोल्ने ,कक्षाकोठाबाट भाग्ने ,कक्षाकोठाभित्र विभिन्न आवाज निकाल्ने जस्तैस्बाख्रो वा बोको कराएको जस्तो।यसै गरि सामान्य वातावरणलाई डरलाग्दो बनाउने ,घर छाडी हिंड्ने ,आदि ।
किशोरापराधका कारण र तथ्यांकहरु :
अध्यनहरु बाट अपराधमा समावेश भएका किशोरकिशोरीहरुमध्य एक प्रतिशत को दिमागमा खराबी भएको पाइएको छ।अनुवंशीय विज्ञहरुका अनुसार अतिरिक्त ु क्रोमोजोमको उपस्थितिले गर्दा यस्ता केटाकेटीहरु अपराधी हुने गर्दछ्न् ।सुस्तस्मनस्थिति भएका केटाहरुमध्य ५०५ अपराधमा संलग्न भएको पाइएको छ।बुद्धिको विकास न्यून हुनेहुंदा अपराधी मनोवृत्तिका ब्यक्तिहरुले यिनीहरूलाई अपराधमा सहभागी बनाउंछन् ।मुख्यगरि यिनिहरु विगतबाट सिक्दैनन् जुन अपराधको कारण बन्छ।शारीरिक लत भएकाहरुले नराम्रा शारीरिक संकटलाइ हटाउन्वा नियन्त्रण गर्न औषधी९म्चगनको आवश्यकता पर्दछ जस्लाइ किन्न पैसा चाहिन्छ।पैसाको लागि अपराध गर्दछन् ।
न्यूरोसिसलाइ पनि एक कारण मानिएको छ।९न्यूरोसिस एक प्रकारको सामान्य मानसिक विकार रविचलन हो जस्ले गर्दा ब्यक्तिको प्रदर्शन तुच्छ देखिन्छ०।जस्तै( कुनै मानिसले कुनै बस्तु चोर्दछ जुन उसलाइ आवश्यक नै छैन , जस्तैस्कसैको साइकल चोरी गरि चढेर हिंड्दछ र अलि पर गएपछी साइकल छोडिदिन्छ र हिंडेर अन्तै जान्छ।अपराधी केटाकेटीहरुमध्य ३५ देखि ५५ मा मतिभ्रम भएको पाइएको छ।त्यस्तै धेरैको मत असंगठित परिवार ,पारिवारिक कलहहरु ,सम्बन्ध(विच्छेद भएको परिवार बाट हुर्कनेहरु अपराधी हुन्छन् भन्ने छ।
किशोर(किशोरीको उमेरको अवस्था सबैभन्दा बढी परिवर्तन हुने खालको हुन्छ।उनीहरु स्व्शासित हुन्छन् र स्व्यमनै निर्णय लिन थाल्दछ्न् ।त्यसैले यो समय अत्यन्त चुनौतीपूर्ण हुन्छ ।
केटाकेटीहरु हुर्काउने तरिका र गलत अनुशासनले १८ बर्ष मुनिका बालबालिका विचलित हुने अर्को कारण हो ।यदि दमनात्म विधि प्रयोग गरि अनुशासनमा राखेमा पछिल्लो समयमा बाबुआमाप्रति तितो,चिसो र रुखो व्यबहार देखाउन सक्दछन् ।मनोवैज्ञानिक महन्ते ९ःबजबलतथ० का अनुसार आमाबाबु को नमुना ९कृयाकलाप० लाई पनि अनुकरण गरि सोही प्रवृत्ति अंगाल्छन् । घरमा बाबुआमा को अनुपस्थिती ,बाबुको तिरस्कार ,असुहाउदिलो सहपाठी समूह,साधारण सामाजिक सांस्कृतिक तत्वहरुले तभभलबनभचक लाई अपराधी बन्न प्रेरित गरिरहेको हुन्छ। अपराध सहिताको दफा ४५ तथा बालबालिका सम्बन्धी एनको दफा ३६ मा बालबालिकाको आपराधिका दायित्व यसप्रकार उल्लेख /
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४३।१२ प्रतिशातले९समग्र ०अपराध बढेको पाइएको छ।सन् २०१८र१९ मा सबैभन्दा बढी अपराधीक दर बढेको तथ्याङ्कले देखाएको छ जस्मा ६,२३३ केसहरु हत्यासंग मात्र सम्बन्धित छ।५,१५५ केस आत्महत्या ,३,९९९ केसहरु महिला,बालबालिका र बलात्कार संग सम्बन्धित छ।
माथी उल्लेखित तथ्याङ्कले बालबिकास ,शान्ति ,स्थिरता र समृद्धि लाई गिज्याइरहेको प्रष्ट छ।संघ,प्रदेश र स्थानिय निकायले बालबालिका ,किशोरकिशोरी ,रोजगारी ,उधमशिलता ,सुससन र जनचेतनामा परम्पराबादी तवरले बजेट विनियोजन भएको बुझ्न बुझ्न सकिन्छ।नत सामजिक संस्थाहरुको ब्यबस्थापन चुस्त छ न राज्यले अपेक्षित फाइदानै लिन सकेको छ होइन भने,अपराधको दर बढ्नु ,किशोरकिशोरीहरुको संख्या मा अनपेक्षित तवरले वृद्दीदर बढ्नुपर्ने कारण नै थिएन।
ग्ल्इम्ऋ,द्दण्ज्ञड अनुसार, विश्वमा बर्तमानमा जस्तो ड्रग्स सप्लाइ र मार्केटिङ इतिहासमा कहिल्लैपनी भएको थिएन।विश्वमा सन् २०१५ सम्म ४,५०,००० मानिस ड्रग्सको प्रयोगले मात्र मृत्यु भएको थियो।सर्भेले के देखाउछ भने , ड्रग्स प्रयोगकर्ताहरु १२ देखि १७ बर्ष उमेर्समुहका तुलनात्मक रुपमा धेरै छन्।यसको अर्थ यो हो कि ,यो उमेरका किशोरकिशोरीहरुनै धेरैजसो अपराधमा प्रत्यक्ष वा बाध्यात्मक रुपमा संलग्न हुन्छन् ।ग्क्ब् मा १२(१७ वर्षका २०५ र १८(२५ वर्षकासम्मका ३२५भन्दा माथी ड्रग्स प्रयोगकर्ता छ्न् ।
अपराध न्यूनीकरण मा अन्तराष्ट्रिय उदाहरणहरु:
तल विभिन्न देशहरूले अपराध न्यूनीकरण गर्न खोलेका सस्था ,सरकारको साझेदारी रणनीति सुरुवात गरेका उदाहरणहरु प्रस्तुत गरिएको छ।
१।क्यानडा ( क्यानडामा मिडियाको भुमिका अपराध नियन्त्रणमा समन्वयकारी छ।टि।आर ।पि। बढाउने निहुमा हत्या , हिंसा र ती सङ्ग सम्बन्धित घटनालाई बढावा दिनु धेरै ब्यख्या गर्नुले अपराधको बढ्छ भन्ने सिद्दान्त स्वरुप( ूदबिलअभम ष्लायचmबतष्यलू लाई रणनीतिक अस्त्रको रुपमा प्रयोग गरिएको छ।
। ७३५ क्यानेडियनले युवालाइ चुनौतीपूर्ण काममा अवसर दिनाले अपराध घट्छ।
भन्नेमा विश्वास गर्छन् ।त्यहाँ सन् २००० मै मन्त्रालय,प्रशासन र नागरिकसमाज बिच एकदमै समन्वयकारी भुमिका हुने गरेको छ।
२।हंगेरी ( ले सन् २००३ यो रणनीति सुवात गरेको थियो।
३।नर्वे ( मा प्रहरिको भुमिका मुख्य हुनेगरेको छ।जसको नेतृत्व त्यहाँको सरकारले नै गरेको छ।
४।मोरक्को ( मोरक्कोले ४ बर्षको ९२००८(२०१२०सुरक्षा कार्ययोजना प्रारुपा मा स्थानिय तहको समन्वयमा लागू गरिसकेको थियो।
५।अस्ट्रेलिया( ले सन् १९९७ मा अपराध न्यूनीकरणमा अ४३८ मिलियन बजेट छुट्टयाइ नितिनियम ,पोलिसी ,रिसर्च र उचबअतष्अब िगुरुयोजना २ ओटा भागमा छुट्टयाइ कार्यान्वन गर्यो।
जापानले ( सन् २००३ मा स्थापना गरि १४८ वटा ठोस कार्यनिती योजना बनाइ काम गरिरहेको छ जस्को नेतृत्व केन्द्रिय प्रहरी विभागले गर्दछ/
न्यूनीकरण :
१।सरकारको नेतृत्व केन्द्रदेखी स्थानियतहसम्म सरकारले नेतृत्वदायी र निस्प्क्ष भुमिका खेल्ने।मुर्त फ्रेमवर्क बनाइ कार्यान्वयन गर्ने।
२।सामाजिक आर्थिक विकास र समावेसिता अपराध रोकथाम सामाजिक ,आर्थिक पक्षसङ्ग बढी संबंधित हुन्छ साथै रोजगार ,शिक्षा ,आवास,ग्रामीण विकास र गरिबी सङ्ग पनि गासिएको हुन्छ।त्यसैले बिकासका नितिनियम बनाउदा र लागू गर्दा समाज ,परिवार ,,र युवाहरु कति खतरामा छन् भ्न्नेकुरालाइ मध्यनजर गर्न जरुरी छ।
३। सामाजिक सस्थाहरु ,उधोग(ब्यबसायीहरुको प्रत्यक्ष सजभागिता र व्यापक सहकार्य गर्ने
४।सरकार सेवामुखी ,जवाफदेहि र योजनाको स्पात कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ।
५।अपराध न्यूनीकरण रणनीति व्यापक विधा९क्षेत्र० मा समावेस गरि समस्या र समाधानका उपायहरु ज्ञानको रुपमा प्रसारित गर्ने।
६।नियम कानुनको सबैले पालना गर्ने गराउने सस्कृतिको निर्माण गर्ने
७।ऋजष्मि (एबचभलत ऋभलतचभ हरुको स्थापना गर्ने
८।ठोस कार्य गर्न समाजिक सस्थाहरुलाइ प्रोत्साहन गर्ने नीति बनाउने
९।मासमिडियाले सन्तुलित समाचार प्रसारण गर्ने
१०।किशोरकिशोरी संग खुला सहचाॠ को सम्बन्ध बनाउने,सकारात्मक प्रतिवाद गर्ने गराउने।
११।विशेष शिक्षा सको ब्यबस्था
क० बिध्यालय बाहिरका केटाकेटीलाई शिक्षा
ख० हेड स्टार्ट प्रोजेक्ट ९यो कार्यक्रम सन् १९६४मा अमेरिकामा संचालन गरिएको थियो० यस कार्यक्रम को लक्ष्य विशेष बालबालिकाहरुको स्वास्थ्य स्थरमा सुधार गर्नु को साथै भाषिक दक्षताको बिकास गरि बौद्दिक ,सामाजिक तथा सम्बेगात्मक बिकासमा सहयोग पुर्याउनु थियो।यस्तै कार्यक्रम हरु नेपाल सरकार ले पनि लागू गर्नु उपयुक्त हुन्छ ।
१२।किमोथेरापी , एन्टि साइकोएक्टिभ ड्रग ,स्वाथ्य चौकिमा ,मनोसामाजिककर्ता र डाक्टर सहित उपचार को उपल्ब्धता गराउने। इत्यादी।
दिगो अपराध नियन्त्रण र दिगो बिकास
अपराध नियन्त्रण दिगो बिकाससङ्ग नङ र मासु जस्तै नजिक हुन्छ त्यो यश अर्थमा की ,दिगो विकासले वर्तमानका आवश्यकताहरु पूरा गर्न भबिस्यको आवश्यकतालाइ चुनौती दिनुहुदैन भन्ने सिद्धान्त लाई अंगिकार गर्दछ।त्यसैले मध्यम विकसित र अल्प विकसित देशहरुमा अपराध रोक्दै आर्थिक विकास गर्नुपर्ने कार्यनिती अवलम्बन नगरे विकाससङ्गै अपराधको दर पनी चुलिन्छ। यहाँनेर सरोकारवालाहरुकोध्यान आकृष्ट हुनु जरुरी छ।
वर्तमान सामाजिक संघ सस्था र शिक्षाले समकालीन समाजको आवस्यकता ,२१ औं शताब्दी का किशोरकिशोरीको आवस्यकता पूरा गर्ने तर्फ ध्यान केन्दृत गर्न सकेको छैन ।नभलभचबतष्यल नबउ जल्दोबल्दो समस्या बनेको छ।बालबालिका , किशोरकिशोरीहरु र युवाहरुको गतिशिलतालाइ सरकारले स्विकार्न नसक्नुले मौलिक सस्कृतिमा बिचलन आइ किशोरापराध बढ्न गएको बुझ्न सकिन्छ।
संघियता कार्यान्वयनकि सुरुवाती चरणबाट हामी गुज्रिरहेका छौ।समाज सरल नभै ज्यादै जटिल बन्दै गएको छ।स्थानिय निकाय वा स्थानिय सरकारलाइ यी सबै जटिलतासङ्ग जुध्न सारै समस्या परिरहेको पनि हामी नकार्न सक्दैनौ।सामाजिक अभुयन्ता,समाजसेवी ,शैक्षिक सरोकारवालाहरु(कानुनविद , तथा नागरिकसमाज ले हस्तेमा हम्मे गर्नुपर्ने आजको आवस्यकता हो जस्ले सम्वृद्द नेपालको सपना पूरा गर्न दरिलो आधार तयार हुनेछ।(सुनवल१२,हर्कट्टा ९ शिक्षक ,बिध्यार्थी नेता०)