एमसीसी सम्झौता कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न हुदैन – श्रीस

0

टेक मास्की/ लक्ष्मी घिमिरे
बुटवल – नेकपा ( क्रान्तिकारी माओवादी ) रुपन्देही र देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल,रुपन्देहीले संयुक्त रुपमा बुटवलको पुष्पलालपार्कमा आयोजना जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले जनयुद्धको अधुरो क्रान्तिलाई पुरा गर्न क्रान्तिको झण्डालाई झुक्न नदिने उद्घोष गर्नुभयो । पार्टीका पश्चिम व्यूरो इन्चार्ज समेत रहनुभएका उहांले एमसीसी सम्झौता कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुंनेमा जोड दिनुभयो ।अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव धनेश्वर पोख्रेलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टीले देशव्यापी अभियान चलाएको बताउंनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिवालय सदस्य पिताम्बर आचार्यले अतिक्रमित भुमी फिर्ता र एमसीसी सम्झौता खारेजीका लागि जनताको सशक्त आन्दोलन नैं विकल्प भएको बताउंनुभयो । कार्यक्रममा मुश्लिम राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य मोजीव अली,अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य दलबहादुर छन्त्याल,पार्टी,नवलपरासीका सेक्रेटरी छबि खरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टीका नेता विनोद मरासनीको अध्यक्षता तथा जनवादी युवा लिगका महासचिव दिलबहादुर कठायटको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व बुटवलको ट्राफिकचोकबाट शुरु भएको ¥यालीले बुटवल बजार परिक्रमा गरि पुष्पलालपार्कमा आएर दिवस समारोहमा परिणत भएको थियो । पार्टीले दिवसका अवसरमा २५ वटा मैन बत्ती प्रज्वलन गरिएको थियो ।यसैबीच माघ १५ गते कञ्चनपुरबाट शुरु भएको अभियान विहीवार बुटवल आइपुगेको छ ।अभियान टोली३ गर्ते सम्म रुपन्देहीमा रहने नेता प्रेम सुवेदीले जानकारी दिनुभयो ।पार्टीले रुपन्देहीको बुटवलसहित ७७ जिल्ला र सातै प्रदेशमा जनयुद्ध दिवस मनाएको सो पार्टीले जनाएको छ ।

You might also like