जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने आरसीपी नेपाल प्रतापपुरको तयारी(फोटो फिचर)
युवा र मधेसी मोर्चाको संयोजकको जिम्मेवारी दिइयो
नवलपरासी ; मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल प्रतापपुर गाउँ संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने भएको छ । पार्टीको सेमरीस्थित खैरहनीमा शनिबार सम्पन्न बैठकले पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने पालिका संयोजक यम बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानको क्रममा युवा र मधेसी मोर्चाको पालिका भेला गर्नका लागि क्रमश: दिनेश पासी र सुरेश कुशवाहालाई पालिका संयोजकको जिम्मेवारी समेत दिइएको छ ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जन सङ्गठन विस्तार गर्ने र जनताको मुद्दा लिएर कोण सभा गर्ने निर्णय भएको उहाँको भनाई छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको उहाँको भनाई छ ।
बैठकले पार्टीको प्रतापपुर गाउँ संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कार्यालय सदस्य दुर्गा नारायण चौधरी, जिल्ला सचिवालय सदस्य राम प्रसाद अर्गेजा,सुर्य प्रसाद सापकोटा, पार्टीको ब्युरो सल्लाहकार गुणनिधि पोख्रेल , जिल्ला सल्लाहकार गणेश बिश्वकर्मा , रामअबध राजभर, अदालत राजभरलगायतको उपस्थिति थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी)को जिल्ला सदस्य समेत रहनुभएको त्रिभुवन क्याम्पस बेलाटारीको स्ववियु सदस्यको उम्मेदवार एवं १०६ मत प्राप्त उपबिजेता कुमारी गुन्जन लोनियालाई प्रसङ्शा स्वरुप खादाले सम्मान गरिएको थियो ।