‘वनमा डढेलो लागेको हेरेर बस्नु भन्दा निभाउनु सबैको कर्तब्य’

वनक्षेत्रमा लागेको डढेलो स्थानीय युवा ब्यवसायीहरुले निभाए

0

बर्दघाट- गर्मी शुरुवात संगै वनमा डढेलो शुरु भएको छ । डढेलो निभाउन सामुदायिक वन तथा सरोकारवाला तम्तयार भएका बसेका छन् ।
डढेलो निभाउने दायित्व आम उपभोक्ताको समेत रहेको भन्दै बर्दघाट–४ मर्चाघोला माथि वनक्षेत्रमा लागेको डढेलो स्थानीय युवा ब्यवसायीहरुले निभाएका छन् ।
उनीहरुले वनमा डढेलो लागेको हेरेर बस्नु भन्दा वन जोगाउनु सबैको कर्तब्य रहेकोले आफुहरुले निभाएको बताए । स्थानीय युवा ब्यवसायी रुपक बस्याल , अनिल भण्डारी बिनोद खनाल, बिजय गुरुंग, अजय बस्यालको टोलीले आगो निभाएका हुन ।
पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुडामणी भण्डारीले छिटफुट डढेलो शुरु भइसकेको र त्यसलाई सशस्त्र प्रहरीको सहयोगमा निभाएको बताउनुभयो । भण्डारीले रुपक बस्याललगायतका युवा टोलीले समेत वनमा लागेको डढेलो निभाएर सहयोग गरेको जानकारी दिनुभयो । समुहको बैठकबाट डढेलो निभाउने सम्बन्धि बिभिन्न निर्णय लिने तयारी भएको भण्डारीको भनाई छ ।

You might also like