महिला लघुवित्तद्वारा नेेपालगन्जमा फुटबल प्रतियोगिता आयोजना
आयुष न्यौपाने
नेपालगन्ज । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशको नेपालगन्जमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक सहित फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
साथै महिला लघुवित्तले देशभर साताव्यापी रूपमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको हो।
उक्त प्रतियोगितामा ४ वटा क्लवको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रथम वा च्याम्पियन हुने टिम राझाँ एफसी क्लवले नगद रु ५१५५र ट्र्फी प्रमाणपत्र,मेडल र उपविजेता टिम एन वाई सी क्लवले नगद रु २५२५ र ट्रफी, प्रमाणपत्र, मेडल लगायतका पुरस्कार वितरण गरिएको थियो । प्रत्येक विभिन्न उत्कृष्ट विधाका खेलाडी लाई समेत उचित पुरस्कारको व्यवस्था रहेको थियो ।
सााथै आठ जनालाई मायाको चिनो प्रदान गरिएको थियो । पशुपति युवा क्लवका अध्यक्ष कृष्ण परियार,नेपालगन्ज उप महानगर पालिका वडा नं. २० का सदस्य चक्र बिसी र ४ जना रेफ्री लगायत कार्यक्रममा सहजिकरण गरि योगदान पुर्याउनु भएकोमा पवन कडारा,राजिव सिंह लाई मायाको चिनो प्रदान गरिएको थियोे ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको सोही संस्था का लुम्बिनी प्रदेश प्रमुख तिलकदत्त पन्तले जानकारी दिनुभयो । साथै, त्यहाँ उपस्थित एवं सहभागी माझ ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका प्रमुख अमर बहादुर सिंह , सुपरिवेक्षण तथा निरीक्षण कार्यालय बुटवलका प्रमुख संजय कुमार चौधरी, शाखा कार्यालय बासगढीका प्रमुख लोकेन्द्र बहादुर बुढा, शाखा कार्यालय नेपालगन्ज र कोहलपुर का सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।