जिमिरेभामर बजार समितिमा नयाँ नेतृत्व

0

पप्पु रेग्मी
जिमिरेभार – बर्दघाट – ७ मा रहेको जिमिरेभार बजार विकास समिति छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार त्रिनेत्रको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीले विगतका सरकारहरुले गर्न नसकेका काम अहिलेको सरकारले एक बर्ष भित्र गरेको दावी गरे । उनले सरकारले धेरै काम गरेको बताउदै आफू यसै क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले पनि यस क्षेत्रलाई विकास लगायतका पुर्वाधारहरु निर्माण गर्ने दायित्वका रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बर्दघाट १ का वडाध्यक्ष मोतिलाल सुनार, वडा नम्बर ६ का वडाध्यक्ष रोहित थारु , वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारु , उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, अतिथि नेकपाका प्रदेश नम्बर ५ का प्रदेश सदस्य बृहस्पति अधिकारी, उद्योग व्यापार संघ जिमिरेभारका अध्यक्ष चिरन्जीवि सुवेदी,निवर्तमान बजार विकास समितीकी सदस्य लक्ष्मी भुसाल,समितिका सल्लाहकार दामोदर जिसी,त्रिनेत्रका केन्द्रिय अध्यक्ष एवं बजार विकास समिति जिमिरेभारका संरक्षक नवराज श्रेष्ठ, त्रिनेत्रका केन्द्रिय सदस्य केबल पौडेल,सहिद स्मृति सामुदायिक अस्पतालका उपध्यक्ष विश्व प्रेम पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरका समितीका अध्यक्ष नर बहादुर क्षेत्रीले आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्द्र कुमारी आलेले आर्थिक वर्ष ०७५÷ ०७६ को ६ लाख २३ हजार ६ सय बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन ।
उक्त कार्यक्रममा १९ जना पुर्व पदाधिकारीहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो । सम्पन्न कार्यक्रममा नर बहादुर थापा अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा विष्णु बस्याल न्यौपाने,सचिव आनन्दराज अधिकारी, सह सचिव दिपक सापकोटा,कोषाध्यक्ष चन्द्र कुमारी आले रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण जिसी ,दधिराम न्यौपाने, रमेश यादव, प्रेम बाकबल,होम बहादुर गाहा , रेशमराज कण्डेल रहेका छन् । समितिका उपाध्यक्ष टंक प्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समितीका साधारण सदस्य दिपक पोख्रेलले गरेका थिए । समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

You might also like