महुलीद्वारा १३ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
नवलपरासी : महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दघाटले संस्थाको १३ औं स्थापना दिवसको विशेष अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार संस्थाले एक कार्यक्रम आयोजना गरी वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको हो। बर्दघाट-५ बेताहानीको परिसरमा आप,लिची,कपुर,सफेदा,पारिजात लगायत विभिन्न प्रजातिको सयौ बिरुवा रोपेर स्थापना दिवस मनाइएको शाखा प्रबन्धक गणेश कुमार चौधरीले जानकारी दिए । बृक्षारोपणमा वडा अध्यक्ष रोहित थारु ,स्थानीय समाजसेवी लगायत संस्थाका कर्मचारी समेत सहभागी रहेका थिए ।
स्थानीय समुदायको सहभागितासहित सम्पन्न उक्त कार्यकमबाट भविष्यमा हरियाली प्रवर्द्धनका साथै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउनेछ भन्ने विश्वास संस्थाले लिएको बताएको छ । यसैबीच स्थापना दिवसकै अवसरमा दिप प्रज्वलन सहित बाषिर्कोत्सव समेत मनाइएको छ ।