रामग्राम–४ मा ट्याक्टर पल्टीदा एक युवकको मृत्यु

0

परासी, असार २४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ पाल्ही क्याम्पस चोकमा ट्याक्टर अनियन्त्रीत भएर पल्टीदा बुधवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

परासी ट्रेडर्सबाट रड लोड गरेर मेहेशपुर तर्फ जाँदै गरेको लु २ त २४६८ नं को ट्याक्टर पल्टीदा भारत घर भई सोही पसलमा काम गर्ने अन्दाजी २५ वर्षीय अंगद कुर्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले रेडियो परासीलाई जानकारी दिनुभयो । ट्याक्टर चालक भने सकुशल रहेको डिएसपी लामाले बताउनुभयो ।

ट्याक्टरमा लोड गरेको रडको माथि मृतक कुर्मी बसेका थिए भने पल्टीदा रड र ट्याक्टर दुबैले च्यापेको बताइएको छ । ट्याक्टर सडकबाट पानी जमेको स्थानमा पल्टीएको र पानीमा निसास्शियर कुर्मीको मृत्यु भएको डिएसपी लामाले रेडियो परासीलाई जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याइएको प्रहरीले जनाएको छ ।

Radio parasi

You might also like