नेकपाद्वारा जनयुद्ध दिवसमा दीप प्रज्वलन

एकीकृत जनक्रान्ति आवश्यक:कमल सी

0

नवलपरासी – नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले भुताहाचोकमा दीप प्रज्वलन गरेर २९ औं जनयुद्ध दिवस मनाएको छ ।
दिवसको अवसरमा मंगलवार दीप प्रज्वलन तथा जनताबीच शुभकामना आदान प्रदान गर्दै पार्टीले कार्यक्रम सम्पन्न गरेको केन्द्रीय सदस्य कमल सी ले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै जिल्ला ईन्चार्ज कमल सी ले दलाल संसदीय ब्यवस्थाले बिदेशमा युवाहरु बेचेको भन्दै त्यसको बिकल्पमा एकीकृत जनक्रान्ति आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रघात जनघातका बिरुद्ध नेकपाले अभियान संचालन गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य रवि पाण्डेयले दलाल संसदीय ब्यवस्थाको बिपक्षमा रहेका शक्तिहरुबीच एकता र धुब्रीकरण आवश्यक रहेको बताउनुभयो । पार्टीका जिल्ला संयोजक समेत रहनुभएका उहाँले पछिल्लो समयमा देशमा संस्थागत भष्ट्रचार बढेकोले स्थानीयतह देखि संघीय सरकारका बिभिन्न अंग कामै नलाग्ने भएकोले क्रान्तिकारी युवा, बिद्यार्थीहरुले कालोमोसो दलेर जनकारवाही अगाडि बढाएको चर्चा गर्नुभयो ।
कार्यक्रमका संचालक समेत रहनुभएका नेकपाका जिल्ला सेक्रेटरी प्रताप सी ले जनयुद्ध एक ऐतिहासिक पहलकदमी   रहेको उल्लेख गर्नुभयो ।

You might also like