बिपद् ब्यवस्थापन सम्बन्धि अभिमुखीकण

सहकार्य आवश्यक-उपप्रमुख पौडेल

0

नवलपरासी  २७ असोज – पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बर्दघाटको आयोजनामा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा बिपद् ब्यवस्थापन सम्बन्धि अभिमुखीकण बर्दघाटमा सोमवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले विपद पूर्व तयारी गर्नुका लागि सबै सरकोरावालावीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विपद पूर्व तयारीका लागि नगरले योजनाबद्ध ढंगबाट काम गर्न चाहेको र त्यसका लागि बजेट ब्यवस्था समेत गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एव कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले विपद पूर्व तयारी , उद्धार, राहत र पुर्ननिर्माणको प्रक्रिया हुने उल्लेख गर्नुभयो । उहाँले पूर्व तयारी नहुनु उद्धार र राहत प्रचारमुखी मात्र हुनु र पुर्ननिर्माणको कामै नगरिनु जस्ता प्रवृतिगत समस्या रहेको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख एंव प्रहरी निरिक्षक हिमबहादुर केसीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ , बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष इन्द्रकुमार राना बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने दाउन्नेदेवी क्याम्पसका प्रमुख नरेश खनाल, रेडक्रस बर्दघाटका अध्यक्ष नारायण अधिकारी ईन्सेक प्रतिनिधि नारायण पराजुली चिसापानी अस्पतालका डा. विमल घिमिरे, रेडियाृ दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारी बर्दघाट बजार विकास समितिकी सुर्या हितांग ब्यवसायी रामजी चापागाई नर बहाहदुर थापा पत्रकारहरु रवि पाण्डेय, कृष्ण .ढकाल ,नारायण भण्डारी, रामु भुसाललगायतले सुझाव राख्नुभएको थियो । कार्यक्रम ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक हिमबहादुर केसीको अध्यक्षता नायव प्रहरी निरिक्षक भवानी प्रसाद धमलाको संचालनमा भएको थियो । संयुक्त राष्ट्र संघले सन १९८९ देखि हरेक बर्ष अक्टुबर १३ लाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउदै आएको छ ।

You might also like