क्रान्तिकारी कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीको तेस्रो पुर्ण बैठक सम्पन्न

0

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समितिको तेस्रो पुर्ण बैठक शनिवार बर्दघाटमा सम्पन्न भएको छ ।

जिल्लाको हरेक क्षेत्रमा रहेको बिकृति बिसंगतिको भण्डाफोर गर्दै जनसंर्घष उठान गर्दै सोही जनसंर्घषकै बीचबाट महाधिबेशनका काम सम्पन्न गर्ने तयारी सहित पार्टीले अग्रसरता लिएको महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसबीचमा पार्टी केन्द्र र प्रदेशले बनाएको आन्दोलनका कार्यक्रम मात्र नभई स्थानीयस्तरमा समेत जनताका खास खास मुद्धालाई लिएर आन्दोलनका कार्यक्रम तय गरिएका छन् । महाधिबेशन पूर्वतयारीको तालिकाबद्ध योजना सहित जिल्लामा पार्टी सदस्यता नवीकरणको काम ७० प्रतिशत सकिएको बैठकले समिक्षा समेत गरेको उहाँले बताउनुभयो ।

जिल्लाको तीनवटा नगरसहित पाँच वटा पालिकामा पालिकास्तरका कमिटी र २ पालिकामा सम्पर्क कमिटी रहेको पार्टीले महाधिबेशन केन्द्रीत भएर प्रचारात्मक अभियानका कामलाई ब्यवस्थित गर्न सहसंयोजक श्रमीकको नेतृत्वमा समिति गठन गरेको महाधिबेशन आयोजक समिति सदस्य एंव जिल्ला संयोजक समरले जानकारी गराउनुभयो ।

You might also like