त्रिवेणीमा थपियो आज मात्रै १९ जना नयाँ संक्रमित

0

भाद्र १३,

नवलपुर । पूर्वी नवलपरासीको त्रिवेणीमा शनिबार मात्रै १९ जना नयाँ संक्रमित थपिएको छ ।
भारतसँग सीमा जोडिएको क्षेत्र विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ त्रिवेणी क्षेत्रका का १२ जना पुरुष र ७ जना महिला गरी १९ जना संंक्रमित थपिएको हो ।

नवलपुरका विनयी त्रिवेणीमा समुदायमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
त्यसपछि गैडाकोट र कावासोतीमा समुदायमा बढी संक्रमण देखिएको छ भने मध्यविन्दु र देवचुलीमा पनि समुदायमा संक्रमण शुरु भईसकेको छ । नवलपुरमा आज विहान मात्रै ४ जना र थप १९ जना गरी २३ जना थपिएका छन् ।
यो सहित नवलपुरमा संक्रमितको संख्या ४६३ पुगेको छ भने ३३८ जना उपचार पछि निको भएर फर्किएका छन् ।

Daunne news

You might also like