ठुलो पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

0

साउन १२

ठुलो पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएको छ । हिजो साझ देखि परेको पानीका कारण पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिक, दोभान र माथिल्लो सिद्धबाबा मन्दिर नजिक पहिरो खसेको छ । वर्षा नरोकिएको र पहिरो पनि ठुलो भएकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने ईलाका प्रहरी कार्यालय दोभान पाल्पा जनाएको छ ।

Radio parasi

 

You might also like