नवलपुरमा थप एक स्वास्थ्यकर्मी कोरोना संक्रमण

0

नवलपुर,भाद्र १४ ।नवलपुरको मध्यविन्दु नगरपालिकाकी एक किशोरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

आज बिहान स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी  अनुसार मध्यबिन्दु ४ स्थायी घर भएकी २१ वर्षकी किशोरीमा संक्रमण पुष्टि भएको हो । 

किशोरी पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत स्वास्थ्यकर्मी भएको र उनी सोही अस्पतालको आईशोलेशनमा रहेको स्वास्थय कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए । 

हिजो शनिवार एकैदिन पोखराबाट प्राप्त परीक्षणको रिपोर्ट अनुसार २४ जनामा  संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ४ सय ६५ पुगेको छ भने  ३ सय ३८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । हाल नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय २६ रहेको छ ।

नवलपुरमा कोरोना संक्रमितको पहिलो पटक मृत्यु भएको छ। शनिबार साँझ विनयत्रिवेणी गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।…nawalpur FM

You might also like