क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासी पश्चिमको नयाँ नेतृत्व
नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासी पश्चिमको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिबेशनबाट समरको संयोजकत्वमा सहसंयोजक श्रमिक रहने गरी ४१ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित भएको छ । सो पार्टीले ३ सदस्सीय जिल्ला कार्यालय र ९ सदस्सीय सचिवालय समेत गठन गरेको जनाएको छ । अधिबेशनले पालिकाको ईन्चार्ज र संयोजकहरुको जिम्मेवारी समेत बिभाजन गरेको जिल्ला ईन्चार्ज संकल्पले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात पालिका मध्ये बर्दघाट नगरपालिकाको ईन्चार्जमा विबेक, संयोजकमा प्रशान्त, सुनवलको ईन्चार्जमा जिल्ला सहसंयोजक समेत रहनुभएका श्रमिक र नगर संयोजकमा श्याम , रामग्रामको नगर ईन्चार्जमा जयकिशन र नगर संयोजकमा बसन्त, प्रतापपुरको ईन्चार्जमा अनिल र संयोजकमा कमल , सरावलको ईन्चार्जमा सरोज र संयोजकमा साका, सुस्ताको ईन्चार्जका क्रान्ति र पालिका संयोजकमा बसन्त र पाल्हीनन्दनको ईन्चार्जमा न्युक्लियस र संयोजकमा ओम प्रकाशलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले साउन १५ गतेभित्र पालिकाको एकता अधिबेशन सम्पन्न गर्ने संयोजक समरले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक अटल, सचिवालय सदस्यद्वय समिर र तिलक , महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरको अध्यक्षता सिर्जनाको संचालन , सहसंयोजक श्रमिकको संचालन प्रदेश सदस्य सरोजको स्वागत र प्रतिबेदन बाचन बिबेकले गर्नुभएको थियो ।