पीसीआर परिक्षणलाई तीब्रता देउ : क्रान्तिकारी माओवादी

0

बर्दघाट – नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिको कोरोनाको पीसीआर परिक्षणलाई तीब्रता दिन सरोकारवालाको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । विहीवार भएको बैठकमा सहभागीहरुले लकडाउनका शुरुमा भएको राहत कार्यक्रमहरु अपारदर्शी भएको भन्दै पार्टी नेतृत्वलाई गुनासो गरेका थिए । बैठकमा सबै वडामा भएका विकास निर्माणका हुने गरेका विकृति बिसंगतिका बारे पार्टीमा नगर सदस्यहरुले रिर्पाेटिङ गरेको सहसेक्रेटरी आकाशले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय स्वाधीनताको आन्दोलन तथा एमसीसी बिरुद्धको शुरुवाती आन्दोलनहरुको समिक्षा गर्दै त्यो आन्दोलनकै बलमा लिम्पियाधुरा सम्मको नेपालको नक्सा जार्री हुनु सकारात्मक भए पनि त्यो भुमिका लागि थप संर्घष आवश्यक रहेको बारे नगर सदस्यहरुले धारणा राखेका थिए । बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी चोलाले पार्टीले राजनैतिक रुपमा श्रेष्ठता हासिल गरेकोले सांगठनिक श्रेष्ठताका लागि नेता कार्यकर्ताले भुमिका खेल्नुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा नगर सेक्रेटरी क्रान्तिले नगरमा भएका गतिबिधि बारे बोल्दै कार्यकर्ताका गुनासोलाई पार्टीले उचित समयमा उठाउने बताउनुभयो । बैठकले सर्वदलीय बैठकमा भएका निर्णयलाई कार्यान्वयन गर्न नगरपािलकालाई ध्यानाकर्षण गर्ने निधो गरेको छ ।
बैठक नगर सेक्रेटरी क्रान्तिको अध्यक्षतामा भएको थियो ।
त्यस्तै क्रान्तिकारी माओवादीले आज बर्दघाटमा एमसीसी खारेजीको माग गर्दै बिरोध कार्यक्रम गर्न जनाएको छ ।

You might also like