क्रिसमस र अल्पसंख्यकको संरक्षण

0

हाम्रो देश बहुभाषिक , बहुसांस्कृतिक र बहुधार्मिक धर्मनिरपेक्ष देश हो । एकल धर्म एकल जाति र भाषा, संस्कृतिलाई हामीले तोडेर अनेकतामा एकता हाम्रो देशको सहिष्णुता बन्न गएको छ । संबिधानले दिएको यस प्रकारको अधिकारलाई हाम्रो देशका जुनसुकै नागरिकले प्रयोग गर्न पाउछन् । तर हाम्रो देशमा धर्मनिरपेक्षता र बहुलताको संरक्षणमा भने केही समस्याहरु छन् । एकात्मक सत्ताका अनुयायीहरुलाई यस्तो संबैधानिक ब्यवस्था स्विकार्न गाह्रो पर्ने गरेको छ । यहाँ हिन्दु, बौद्ध , शिख, जैन , किराँत,ईसाई , मुष्लिम लगायतका धेरै धर्म मान्ने नागरिकहरु छन् ।


ती सबै नागरिकले आफ्नो धार्मिक–सामाजिक कार्य गर्न पाउनुपर्छ । यहाँ अल्पसंख्यकहरुलाई हेर्न दृष्टिकोण भने निकै साघुँरो रही आएको छ । आज ईसाईहरुले क्रिसमस मनाउदैछन् । संसारभर एकै दिन सार्वजनिक विदा दिइने यो पर्व क्रिसमस–ट्री सजाइने गरिन्छ । क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस बन्नुलाई मानिन्छ । रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने धार्मिक विश्वास सहित यो कार्य गरिन्छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । यो पर्व ईसाईहरुले व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । आज इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो । यसलाई आगो र प्रकाशको चाडका रुपमा समेत लिइन्छ । यस पर्वमा नेपाल समेत सार्वजनिक विदा दिइने गरिएको छ । त्यसैले सबै समान रुपले हेर्ने विचारको प्रर्बद्धन गर्नु आजको आवश्यकता बन्न गएको छ । हामी कोही बहुसंख्यक र कोही अल्पसंख्यक भएपनि नेपाली हौ । यहाँको धार्मिक सहिष्णुता हाम्रो साझा सम्पति हो ।
मिति २०७९ पौष १० गतेको बर्दघाट पोष्ट दैनिकको सम्पादकीयबाट

You might also like