बर्दघाट नगरपालिकाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर)

0

बर्दघाट २९ असोज – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक विकासको सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरको भौगोलिक अवस्था सुहाउने कार्यक्रम ल्याउन सुझाव संकलनका लागि विज्ञसंग नगरका विभिन्न स्थानको अवलोकन गरिएकोे बताउनुभयो । उहाँले विज्ञको सल्लाह सुझाव सहित स्थानीयको राय सल्लाह बमोजिम काम गर्ने जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरबासीको क्षमता र प्रतिभालाई समेटेर नगरको सर्वाङ्गिण विकासका लागि नगरको तर्फबाट जनप्रतिनीधिले संयोजनकारीे भूमिका निर्वाह गर्ने जानकारी गराउनुभयो ।
कर्यक्रममा प्रशिक्षक नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले नगरबासीको आय

आर्जन बृद्धिका लागि नगरले गर्नसक्ने सम्भाव्य कार्यको मोडल प्रस्तुत गर्नुभएको थियो ।
उहाँले बर्दघाट नगरको बातावरण सुहाउदो व्यवसाय, पर्यटन, कृषि जडिबुटिमा आधारित रहेर गर्न सकिने व्यवसायको बारेमा पनि जानकारी गराउनुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफुले विगतको अनुभवका आधारमा बर्दघाट नगरलाई दिगो आर्थिक व्यवस्थापनका लागि सबैसंग हातेमालो गर्ने चाहना रहेकोले नगरको विकासमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न सहकारी, विद्यालय, क्याम्पस, व्यवसायिक प्रतिष्ठान स्थानीय वित्तिय संघसस्थाका प्रतिनिधिले आ–आफ्नो अनुभव, आदान प्रदान गर्दै बर्दघाटमा गर्न सकिने व्यवसाय र त्यसको सम्भाव्यताका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेको जनाइएको छ ।

You might also like