नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलन सम्पन्न

0

नवलपरासी – नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमको १७ औं जिल्ला सम्मेलन बर्दघाटमा आइतवार सम्पन्न भएको छ । सम्मेलन उदघाट्न सत्रमा अखिल अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष मिलन राईले दलाल संसदीय ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक नीजिकरण ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेकपा(बहुमत)सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज शार्दुलले पार्टीमा युवा तथा बिद्यार्थीहरुको आर्कषण रहेको उल्लेख गर्दै नेपालमा बैज्ञानिक समाजवाद ल्याउनका लागि संर्घष अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल(क्रान्तिकारी)का लुम्बिनी ब्युरो ईन्चार्ज नबीन खड्का, केन्द्रीय सदस्य इन्दु ओलीलगायत सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको धुब्रीकरण र एकता आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महासंघले कलम चलाउदै आएको चर्चा गर्दै सम्मेलन सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा नेकपा(बहुमत)का जिल्ला संयोजक बिजयले बिद्यार्थी जिवनमा अनुशासनको महत्वबारे बोल्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रदिप तिवारीको स्वागत , ऋषि बस्यालको संचालन रहेको थियो ।
कार्यक्रममा नेकपा(बहुमत)का जिल्ला ईन्चार्ज शितल, अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , नेकपा (बहुमत)का गणेश ढकाललगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनले अध्यक्षमा सुवास शर्माको अध्यक्षतामा २७ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको अखिल (क्रान्तिकारी) का जिल्ला ईन्चार्ज सन्देश सापकोटाले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा ऋषि बस्याल, सचिव खुस्बु बाँनिया सहसचिव प्रदीप तिवारी र कोषाध्यक्ष निश्चल गिरी एंव सदस्यहरुमा बादल क्षेत्री, राजीव भट्ट, जनक क्षेत्री,इन्दु ज्ञवाली, बिमला गिरीलगायत रहनुभएको छ ।

You might also like