भुमहीमा कृष्णगण्डकीको शाखा स्थापना
नवलपरासी ः कृष्णगण्डकी ज्वेलर्श बर्दघाट १२ जमुनियाँले भुमही बजारमा आफ्नो पाँचौ शाखा स्थापना गरेको छ । वसन्त पंचमीको अवसरमा ज्वलेर्शले सुनवल १२ भुमही बजारमा शाखा शुभारम्भ गरेको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ जमुनियाँमा मुख्य कार्यालय रहेको ज्वेलर्शले बर्दघाट बजार र गोपीगंजमा शाखा संचालन गर्दै आएको छ । त्यस्तै ज्वेलर्शको कपिलबस्तुको बाणगंगास्थित बोडगाउमा समेत शाखा रहेको छ । प्रदेश नम्बर पाँचको दुई वटा जिल्लामा शाखा रहेको ज्वेलर्शले निकट भविष्यमा देशका बिभिन्न स्थानमा शाखा संचालन गर्ने ब्यवसायिक योजना अनुसार भुमहीमा हाम्रो कृष्णगण्डकी ज्वेर्लश संचालन गरिएको कृष्णगण्डकी ज्वेलर्शका संचालक राजेन्द्र सुनारले बताउनुभयो । त्यस्तै भुमहीमा संचालन गरिएको शाखामा भुपेन्द्र सुनारले ब्यवस्थापन गर्नुभएको जनाइएको छ । बिभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल राजेन्द्र सुनार नवलपरासी सुनचादी ब्यवसायी संघका अध्यक्ष समेत हुनुहुन्छ । कृष्ण गण्डकीमा शाखाहरुमा कुल १५ जना कामदारले रोजगार समेत पाउदै आएका छन् ।