पशुसेवाकर्मीहरुलाई लजिष्टिक प्रदान

0

बर्दघाट – बर्दघाट नगरपालिका अन्तर्गतका पशु सेवा कर्मीहरुलाई आवश्यक सामाग्री वितरण गरिएको छ । बिशेष गरी कृतिम गर्भाधानमा सक्रिय पशुसेवाकर्मीहरुलाई लजिष्टिक सामाग्री वितरण गरिएको थियो ।

बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाको आ.व. २०७६÷७७ को स्विकृत पशु कृत्रिम गर्भाधान लजिष्टक सामाग्री कार्यक्रम अन्तर्गत ईन्सिमिनेटरहरुलाई लजिष्टिक सामाग्रीहरु उपलव्ध गराउने कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिका अन्तर्गतका निजि पशु स्वास्थ्य कर्मी र ईन्सिमिनेटरहरुलाई पशुहरुमा कृत्रिम गर्भाधान सेवा संचालन गर्नको लागि आवश्यक पर्ने सिथ, ग्लोभ, गन, एप्रोन लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।
सहभागी ईन्सिमिनेटर हरुलाई नगर प्रमुख धीरज शर्मा बस्याल र पशु सेवा शाखा प्रमुख भरत लम्साल वाट सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागी १० जना ईन्सिमिनेटरहरुलाई ए.आई. गन २ थान, ए.आई. सिथ ६५ प्याकेट, एप्रोन १० थान र झोला १० थान सामाग्री उपलव्ध गराईको थियो । यस कार्यक्रम बाट पशु कृतिम गर्भाधान कर्ताहरु लाई पशुपालक कृषकको गोठमा पुगि नियमित सेवा उपलव्ध गराउन सहज भएको छ । साथै प्राविधिकहरुलाई किसानको गोठरगोठमा पुगी सेवा प्रदान गर्नको लागि प्रोत्साहित गरेको छ ।
त्यस्तै शनिवार नगरपालिकाको पशुपन्छी विकास शाखाले कृषकको गोठ गोठमा पुगेर सेवा प्रदान गरेको जनाएको छ ।

You might also like