देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गरे ।
“देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,” उनले भने ।
पौडेलले सुशासन भए मात्र देशले समृद्धि हासिल गर्न सक्ने भन्दै स्वतन्त्रता, सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए । उनले भने, “सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।” baahrakhari