सुनवल नगरपालिकामा संकलित सबै नमुना नेगेटिभ

0

नवलपरासी २० साउन – पश्चिम नवलपरासीको सुनवल नगरपालिका बिभिन्न स्थानहरु बाट यही श्रावण १६ गते संकलित नमुना परिक्षणको लागि प्रादेशिक प्रयोगशाला भैरहवामा परिक्षणको लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । समुदाय स्तरमा कोरोना संक्रमणको त्रास बढे सगै नगरपालिकाले विभिन्न क्षेत्रका अलग अलग ७७ जना व्यक्ति हरुको स्वाब संकलन गरेको थियो । यस्तै मंगलवार सुनवल नगरपालिकाको विभिन्न वडाको सामुदायिक क्वारेन्टाइनमा र होम क्वारेन्टाइनमा रहेका महिला र पुरुष गरी ६१ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला बुटवलमा पठाइएको छ ।

You might also like