वाङ आज साँझ आइपुग्ने, औपचारिक भेटघाट भोलिदेखि मात्रै

0

११ चैत, काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज शुक्रबार साँझ नेपाल आइपुग्दैछन् । २५ सदस्यीय भ्रमण टोलीसहित साँझ काठमाडौं उत्रिने वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्दैछन् । शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।

वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् । नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।onlinekhabar

You might also like