सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् ।
‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियाेस्’, उनले संसदमा बाेल्दै भने ।
काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्रै गर्न सक्ने उनको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना वितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए । rajdhanidaily