बिउबिजनमा ६० प्रतिशत अनुदान दिदै सुस्ता

0

नवलपरासी – सुस्ता गाउपालिकाले बिउबिजनमा ६० प्रतिशत अनुदान दिने तयारी गरेको छ । सिमावर्ती गाउपालिका रहेको सुस्तामा धान,गहुँ,मकै,आलु ,तोरी उखुलगायतका बाली प्रस्सत उब्जनी हुन्छ । पालिकाभित्रका जमिनमा सम्भावना रहेका बालीहरुका बिउविजनमा अनुदान दिने नीति अनुसार गहुँ मकै आलु लसुन तथा प्याजका बिउमा ६० प्रतिशत अनुदान दिने पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।गहुँ लगाउने समय भएको हुदाँ गहुको बिउबितरणका लागि सम्पुर्ण तयारी भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनुभयो ।

You might also like