चीनसँग भारतको तनाब बढीरहेका बेला पाकिस्तानले भारतीय सीमामा थप्यो २० हजार सेना !

0

असार १७ ।

चीन र भारतबीच लद्धाखमा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि दुबै देशबीच तनाव बढीरहेका बेला पाकिस्तानले भारतीय सीमामा २० हजार अतिरिक्त सेना तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

ईकोनोमिक टाईम्सको दाबी अनुसार चीन र पाकिस्तानका सैन्य अधिकारीहरुबीचको पटक पटकको बैठक पछि भारतय सीमामा यति ठूलो संख्यामा सेना थपिएको हो ।
यद्यपि, पाकिस्तानी सेनाले यस बिषयमा कुनै प्रतिकृया जनाएको छैन । गिलगिट बाल्टिस्टान क्षेत्रमा सेना थपिएको दाबी गरिएको छ ।

यसलाई भारतीय मिडियाले चीन पाकिस्तानको दुई मोर्चामा एक साथ युद्धको तयारीको षड्यन्त्रको अर्थमा व्याख्या गरिएको छ । साथै प्रतिरक्षा राडार प्रणाली समेत सक्रिय बनाएको दाबी समाचारमा छ ।

पटक पटक युद्ध झेलिसकेको पाकिस्तानसगँ भारतको परम्परागत दुष्मनी रहदै आएको छ ।
भारतले पाकिस्तानसँगको कास्मीरको सात सय ३३ किलो मिटर सीमामा ७ लाख बढी सेना यस अघि देखि नै तैनाथ गरेको छ ।

केही दिन अघि पाकिस्तान नियन्त्रित कास्मीरको हवाई अड्डामा चीनीया लडाकु विमान अवतरण गरेको पनि समाचारमा दाबी गरिएको छ ।

MIrmire online

You might also like