चिसापानी अस्पताल :’जहाँ सर्पदंशको औषधि देखि जीवनजल सम्म छैन’

भिडियो एक्सरे बिग्रिएको महिनौं भईसकेको छ

0

रवि पाण्डेय
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट –२ चिसापानी स्थित चिसापानी अस्पताल जहाँ अहिले एन्टी स्नेक भेनम् नहुदाँ सेवाग्राही मर्कामा छन् । पन्ध्र शय्याको यो सरकारी अस्पतालमा त्यति मात्र नभएर सरकारले निशुल्क दिने अधिकाँश औषधि नहुदाँ सेवाग्राहीलाई नीजि फार्मेसीमा गएर किन्नुपर्ने बाध्यता छ । शनिवार त्यहाँको फार्मेसीमा जीवनजल समेत नपाइएको सेवाग्राहीको गुनासो छ । अझ् भिडियो एक्सरे बिग्रिएको महिनौं भईसकेको छ । गर्मी शुरु भएको यस अवधिमा आएका सर्पदंशका बिरामीलाई एन्टीस्नेक भेनम् नहुदाँ सर्पले टोकेको ठाँउमा पट्टी बाँधिदिएर छिटोछिटो एम्बुलेन्स बोलाएर बुटवल रिफर गर्ने गरिएको स्रोतले जनाएको छ । स्रोत भन्छ – ‘अस्पतालको फार्मेसीमा निशुल्क पाइने औषधि मध्ये पचास प्रतिशत औषधि छैन् । सिटामोल र हिलोले खाएका ठाँउमा लगाउने केही स्टक मलम बाहेक औषधि छैन । जीवनजल समेत सकिएको छ । २÷४ जना सर्पदंशका बिरामी रिफर भईसकेका छन् ।’
अस्पतालमा जीवन जल समेत नपाएको सेवाग्राहीको गुनासो आएपछि स्थानीय पत्रको तर्फबाट हामीले अस्पतालको फार्मेसीमा पुगेर निशुल्क पाइने सिटामोल देखि जीवनजल लिने प्रयास गरेका थियौ । सर्पदंशको उपचार गर्न आएका बिरामीलाई भेनम् नभएको चिसापानी अस्पतालमा भुलाएर रिफर गर्दा झन् जोखिम भएको सेवाग्राहीहरुको भनाई छ । जसको कारण समयमै उपचार हुनुपर्ने सर्पदंशका बिरामीलाई झन् समय अभाव हुदाँ समयमा ढिलाई हुदै सेवाग्राहीले गुनासो गरेका छन् । सर्पदंशको उपचारको सुबिधा पाउदै आएका स्थानीय सेवाग्राहीले अहिले सेवा नपाउदाँ मर्कामा परेको जनाएका छन् ।
त्यस्तै जनस्वास्थ्यको एक जानकारका अनुसार चिसापानी अस्पतालले बिभिन्न खोप सहित ७० प्रकारको औषधि सरकारबाट पाउदै आएको छ । अब प्रेसर र सुगरको सहित ७० प्रकारका मात्र नभई आउदो आर्थिक बर्षबाट यो ९० प्रकार औषधि सरकारले निशुल्क गर्ने तयारी गरिसकेको ती जानकार बताउछन् । अस्पतालमा औषधि अभाव हुनुमा बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा समेत जिम्मेवार रहेको सरोकारवालाको भनाइ छ । अस्पतालका सेवाबारे प्रतिक्रिया लिनका लागि चिसापानी अस्पतालका सुचना अधिकारी रमेश न्यौपानेलाई उहाँको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उहाँको मोबाइलमा कल रिसिभ हुन सकेन् । सरकारले पुरानो सुची अनुसार ७० र अहिले पठाएको नयाँ सुची अनुसार ५४ थरि औषधि निशुल्क दिने ब्यवस्था रहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले दावी गर्नुभयो । उहाँले एन्टी स्नेक भेनम लिनका लागि अस्पताल प्रशासनलाई काठमाण्डौ पठाउने तयारी गरेको र जीवनजल जिल्लाभर नै अभाव रहेको जिकिर गर्नुभयो । ‘एन्टी स्नेक भेनम लिन काठमाण्डौ पठाउदैछौ । तपाई पुग्दा कस्तो जीवनजल पनि अभाव भएको होला ।’– स्वास्थ्य प्रमुख ज्ञवालीले भन्नुभयो । यस अघि चिसापानी अस्पतालको सेवा र सर्पदंश उपचार प्रभावकारी रहेको बिषयमा स्थानीय पत्रले समाचार प्रकाशन गरेको थियो ।

You might also like