पर्सामा थप २ डाक्टरसहित १७ जना काेराेना संक्रमित थपिए, लकडाउन खुलेसँगै जाेखिम बढ्दाे !

0

वीरगन्ज, ८ साउन । पर्सामा २ डाक्टरसहित थप १७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधवार राति आएको रिपोर्टमा २ डाक्टर, २ उपचाररत विरामीसहित थप १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुको नारायणि अस्पतालको प्रयोगशालामा साउन ६ गते पिसिआर बिधिबाट स्वाब परिक्षण गरिएको थियो । बुधवार राति आएको रिपोर्टमा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा १३ जना पुरूष र ४ महिला रहेका छन् । उनीहरु १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेर समुहका छन् ।

अधिकांश ट्राभल हिस्ट्रि विनाका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले उहाँले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको बताउनु भएको छ । संक्रमितहरूमा निमाेनिया जस्तै लक्षण देखिएकाे बताइएकाे छ ।

सहायक सिडियाे बस्नेतले अहिले सर्वसाधारणले स्वेच्छाले पैसा तिरेर काेराेना परिक्षण शुरू  गरेसँगै संक्रमितकाे संख्या बढ्न थालेकेा बताउनु भयाे । उहाँले पर्सामा संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्थामा अहिले पैसा तिरेर काेराेना परिक्षण शुरू गरेपछि संक्रमित थिएकाे बताउनु भयाे ।

काेराेना परिक्षण नै नगरेकाले संक्रमण हुनेकेा संख्यामा कमि भएकाे चर्चा चलिरहेका बेला  विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि ( Random Test जस्तै हुन थालेकाे ) काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले यसकाे पुष्टि गरीरहेकाे पनि उहाँले बताउनु भएक्छाे छ ।

अहिले सरकारले लकडाउनकाे अन्त्य गरेसँगै सबैतिर भिडभाड हुनुले ठूलाे खतरा निम्त्याइरहेकाे भन्दैँ उहाँले स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गर्न आग्रह गर्नुभएकाे छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै काेराेना संत्क्रमणकाे जाेखिम पनि बढेकेा छ । अहिले बजार पसल तथा सडकहरूमा पनि भिडभाड देखिन थालेका छन् भने सबै कार्यलयहरू खुलेकाले भिडभाड बढ्दा संक्रमण हुन सक्ने जाेखम पनि बढेकेा बिज्ञहरू नै बताउछन् ।

विज्ञहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्नेमा त्यसाे नभएक्ाले जाेखम बढेकेा बताउनु भयाे ।

विभिन्न मुलुकको अनुभव, अन्तर्राष्ट्रिय मापदण्ड र डब्लूएचओको सुझावअनुसार लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्ने गरेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न नसकिरहेकेा अवस्थामा समुदायमा संक्रमण छ/छैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्नेमा कुनै तयारीबिना सरकारले निर्णय गरेकेाे जाेखिम बढेकेा बताउनु भयाे ।

बारा, पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेकाे मा सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उहाँकाे भनाइ छ ।

Mirmire online

You might also like