क्यान नवलपरासीमा रौनियारको नेतृत्व

0

नवलपरासी : कम्प्युटर एसोसियसन अफ नेपाल नवलपरासी महासघको बर्दघाटमा सम्पन्न आठौ साधारण सभा तथा पाँचौ अधिवेशनले सन्तोष रौनियारको नेतृत्वमा आगामी २ वर्षे कार्यकालको लागि ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।


जसको उपाध्यक्षमा प्रियव्रत श्रेष्ठ (आकाश) सचिवमा गणेश न्यौपाने, सह सचिवमा पुष्पा खनाल, र कोषाध्यक्षमा केदारनाथ चौधरी सर्वसम्मत चयन हुनुभएको जनाइएको छ । सदस्यमा डिक बहादुर पाण्डे चयन हुनुभएको छ भने बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । कार्यक्रमलाई क्यान महासँघ प्रदेश ५ अध्यक्ष ध्रुव शर्मा, क्यान नवलपरासीका सँस्थापक अध्यक्ष श्रीधर बश्याल, निवर्तमान अध्यक्ष युवराज डुम्रे, संस्थापक सचिव होमराज कुँवर लगायतले सम्बोधन गर्नुभएको थियो । महासघका अध्यक्ष युवराज डुम्रेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like