मेयर पद नपाएपछि नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टी त्याग
नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयर पद आफूले नपाएपछि पार्टी परित्याग गरेको बताएका छन् ।
उनले हेटौंडामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने र स्वतन्त्र बस्ने घोषणा गरेका हुन् ।
उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । khabardabali