नवलपरासीमा दुई करोड ४० लाखको अबैध सामान राजश्व दाखिला

0

सहबान अन्सारी/ नवलपरासी, १० असोज ।

नवलपरासीमा साढे चार महिनाको अवधिमा २ करोड ४० लाख २९ हजार ८सय ८ मुल्य बराबरको अबैध मालसमान प्रहरीले राजश्व दाखीला गरेको छ । जिल्लामा प्रहरी प्रमुख अजय केसी हाजिर भए पश्चात प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट यस अवधिमा हरियो केराउ,छोडा,मरिच,मल,हार्डवेयरको सामान,कपडा,मोबाईल लगायत ईलेक्ट्रोनिक सामान सवारी साधनको पार्ट पुर्जा आदि बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यसैगरि ३ लाख २३ हजार ८ सय ४० मुल्य बराबरको अबैध काठ बरामद गरी आवश्य कारवाहीको लागी सम्बन्धित डिभिजन वन कार्यालय बुझाएको हो । साथै उत्खननमा संलग्न ३० वटा ट्याक्टर, १ टिपर र ४ वटा स्कावेटर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित स्थानीय तहमा बुझाएको हो । त्यसैगरि शनिवार पाल्हिनन्दन गाँउपालिका वडा नं. २ भक्सीपुरमा भारतबाट अबैधरुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी २ लाख ६२ हजार ४ सय मुल्य बराबरको ६ थान बिभिन्न कम्पनीका मोबाईल सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । त्यस्तै सरावल गाँउपालिका वडा नं. ६ बडसाडेबाट अबैधरुपमा भारतबाट नेपाल तर्फ युपी ५६ एबी ४९६८ नम्बरको मोटरसाईकलमा राखी ल्याउदै गरेको अन्दाजी ३५ हजार मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल,थान कपडा तथा सेण्डो भेष्ट कपडा र मोटरसाईकलको अन्दाजी मुल्य करिब ५० हजार गरि कुल ८५ हजार मुल्य बराबरको मोटरसाईकल र कपडा सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । बरामद गरिएको मोबाईल,मोटरसाईकल र कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

You might also like