बुटवलको नगरप्रमुखमा पाण्डेलाई गरेको सिफारिसमा कांग्रेसको क्षेत्रिय कमिटी असन्तुष्ट: निर्णय बदर गर्न माग
नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको शिफारिसलाई लिएर कांग्रेसमा तिव्र असन्तुष्टी देखापरेको छ । कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा शिफारीस गर्ने निर्णय गरेको वताएको थियो । त्यस्तै उपमेयरमा ८ जनाको नाम शिफारिस गरेको थियो ।
आज गरेको उक्त शिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरुले एक वक्तव्य जारी गर्दै नगरसमितिले गरेको शिफारिस वदर गर्न लुम्विनी प्रदेश समितिसमक्ष माग गरेका छन ।’घरघरमा माईन्युट डुलाएर सर्वसम्मत शिफारिसमा हस्ताक्षर गराएको कुरा आएको त्यो हामीलाई मान्य छैन । ’कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले वताए । यो निर्णयको विरुद्ध उनीहरुले प्रदेस समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत वुझाएका छन ।
उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरु क्रमशःपर्शुराम ढकाल र खड्क वहादुर महत लगाएत महेशमान सिंह, जनक कोईराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नप्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जीतबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोगबहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका एक नेता जनक कोईरालाले वताउनु भयो । butwalonline