नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न प्रचण्ड परासी आउने,

परासी – सदरमुकाम परासीमा आगामी मंसिर २ गतेदेखि सञ्चालन हुने नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ ।
मेला उद्घाटनको लागि दिएको निम्तो प्रचण्डले स्वीकार गर्दै मेला उद्घाटन गर्न परासी आउने निश्चित गरेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । ।
पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले सञ्चालन हुन लागेको मेला मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । औद्योगिक व्यापार मेलामा तयारी पोशाक तथा हस्तकला,जुत्ता छाला तथा छालाजन्य वस्तुहरु, घरेलु तथा लघु उद्यमीहरु द्धारा उत्पादीत वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, उर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका आधुनिक उपकरण, पर्यटन सूचना केन्द्र लगायतका १९० स्टल प्रर्दशनमा राखिने सङ्घले जनाएको छ । रामग्राम नगरपालिकाको संरक्षकत्वमा पाँचौ पटक सञ्चालन हुन लागेको यस मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

You might also like