बर्दघाटमा कृषि गणकले थाले तथ्याँक संकलन

0

बर्दघाट- प्रदेश कृषि र पशुपन्छी निर्देशनालय बाट सञ्चालित कृषि तथ्यांक संकलनका लागि कृषि गणक खटाइएको छ । बर्दघाट नगरले गणकहरुलाई सहजीकरण गर्दै कार्यक्षेत्रमा खटाएको हो ।

कृषि गणकबाट नगरको सही तथ्याँक आउने र त्यसबाट पशु तथा कृषि क्षेत्रमा नयाँ योजना बनाउन सहज हुने नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । गणकहरुलाई नगर प्रमुख बस्याल र प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरको बिशेषता सहितको निर्देशन गरेर कार्यक्षेत्रमा पठाएको कृषि प्राबिधिक खुमकान्त न्यौपानेले बताउनुभयो । गणकहरुको कार्य अवधि ३० दिनको हुनेछ ।

 

You might also like