बर्दघाट नगर क्षेत्रमा संक्रमित संख्या ३५ , ९० को रिर्पोट आउन बाँकि

0

पुष्पा गिरी /बर्दघाट १२ भदौ ,

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । ति मथ्ये ३३जना को बर्दघाट मै र २ जनाको नगर बाहिर परिक्षण गरिएकोे बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधब ज्ञवालिले बताउनु भयो ।

त्यस्तै नगर बाहिर चेक गरिएका एक जनाको अवस्था गम्भिर रहेको छ । उनको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भईरहेको र अरु ३४ जनाको अवस्था सामान्य रहेको उहाले जानकारी दिनुभयो । बर्दघाट नगरपालिका भित्र हाल सम्म एक हजार दुई सय भन्दा बढिको पि सि आर र ३८१ जनाको आर डि टि गरिएको छ । अब ९० जनाको रिर्पाेट आउन बाँकि रहेको ज्ञवालीले बताउनु भयो ।

You might also like