दश दुनी पाँच, नमाने ढाड भाँच !

0

स्वयम्भूनाथ कार्की
पाँचको दुनोटमा दोश्रो हरप हुुन्छ पाँच दुनी दश । तर आजकलका टाठाबाठाहरू ‘दश दुनी पाँच’ पढाउन व्यस्त छन् । तर्क पनि गजबका हुन्छन् । त्यो हरपमा पाँच शब्द पनि छ र दश शब्द पनि । क्रमभङ्गता, अग्रगमनको आदिको नाममा भनिन्छ( पहिले पछाडि परेको अहिले अगाडि पर्दा दशको स्थानमा पाँच र पाँचको स्थानमा दश पर्ने नै भयो । पाँच दुनी दश या दश दुनी पाँचको कुरा लाक्षणिक हो । यो स्पष्टिकरण आवश्यक छ नत्र आफ्ना शब्दको प्रतिरक्षा र विपक्षको शब्दको खोइरो खनाइ सिकाइएकाहरू ‘कहिले कसले दश दुनी पाँच भन्यो ?’ भनेर खनिन सक्छन् । तथ्यको उल्टो प्रस्तुतिकरणले दिइएको उल्टो ज्ञानको सागरबाट केही थोपा उजागर गर्ने मात्र प्रयत्न हो यो ।
विगतलाई गाली गर्ने काममा गाउँ(गाउँ सिंहदरबारको नाराले मुुलुकमा ६ हजार ७ सय ४३ वार्ड बनाइको छ, जुन विगतका ४ हजारका हाराहारीमा भएका महानगर, उपमहानगर, नगरपालिका अनि गाविसहरू प्रत्येकमा ९ वार्डको दरले हुँदा पनि हुने ३६ हजार वार्ड भन्दा ६ गुणा कम हो । तह भने पनि निकाय भने पनि सङ्ख्याअनुसारका प्रतिनिधि सङ्ख्या पनि धेरै नै हुने भइगयो । अर्थात्, जुन भौगोलिक इलाकामा पहिले जति प्रतिनिधित्व हुन्थ्यो त्यसको ६ गुणा कम हुँदा प्रणालीमा सहभागिता घट्ने हुन्छ कि बढ्ने हुन्छ ? पहिलेका ६ गुणा ज्यादा प्रनिनिधिहरूको खर्र्चभन्दा कयौँ गुणा ज्यादा खर्च जनताको ढाडमा बजार्दा जनताले आफू समृद्ध भएको मान्नुपर्छ । किनकि वर्तमान अग्रगामी शिक्षा हो– दश दुनी पाँच, नमाने ढाड भाँच !
प्रजातन्त्रमा ‘प्रजा’ शब्द आयो त्यसैले ‘लोक’ भनिनुपर्छ भन्ने हेतुले नाम परिवर्तन भएको लोकतन्त्र दुवैलाई नेपाली बाहेकका भाषामा एउटै शब्दले जनाइन्छ । अन्तर्राष्ट्रिय भाषामा दुवैको अनुवाद डेमोक्रेसी नै हो । जब कुरो एउटै हो भने परिभाषा पनि एउटै हुन्छ, अर्थात् जनताको लागि, जनताद्वारा, जनतालाई । तर के यो व्यवहारमा छ त ? दलको नेता जसरी भए पनि रिझाएको आधारमा चुनाव लड्ने टिकट पाउँछ कसैले । सबै दलको त्यही हाल हो । अब चुनिएको प्रतिनिधि भने ‘नेताको लागि, दलद्वारा, जनतालाई’ हुन्छ । बहुदा त्यसको काम जनता हैन पहिले आफू, अनि आफ्नो नेता र अन्तमा आफ्नो दलको निमित्त हुन्छ । सकल तहका सकल पदाधिकारीमध्ये कति लोकतन्त्रको यो परिभाषा व्यवहारमा लागू गरेका छन् भन्ने कुरा जगजाहेर छ । कुर्सी र सत्ताकोे चिन्ता कति रहेछ भन्ने कुरा यो विकट परिस्थितिमा पनि सत्ताधारी र विपक्षी दुवै दलमा सबै थाती राखेर भएको कलहले देखाउँछ । त्यसमाथि थपमा यो कुरुप व्यवहारलाई लोकतन्त्रको सुन्दरता भनेर व्याख्या गरिन्छ । अर्थात्, दश दुनी पाँच, नमाने ढाड भाँच !
विगतमा अरु धर्म–संस्कृति, परम्परा, रीतिथिति समाप्त गर्न खोजिएको आरोप लगाइन्छ । त्यो कालमा जुनसुकै रूपमा भए पनि प्रणालीमा राजाको स्थान भएकोले त्यो सबै कालखण्डको नराम्रो भने एकमुष्ट राजाहरूको थाप्लोमा हाल्ने अनि राम्रोको निमित्त अन्य पात्रलाई जश दिने काम हुन्छ । तीस वर्ष नाघ्न थाल्यो दलहरूले संवैधानिक स्थान पाएर अभ्यास गरेको । यत्रो काखण्डमा पनि सुध्रन नसकेका नेताहरू अब कहिले सुध्रलान् ? यो प्रश्न नै अनुपयुक्त हुन्छ, किनभने लामो नै गए पनि हरेक पाँच वर्षमा नयाँ आउनेले पहिलेको सरकारको निरन्तरता बोक्दैन यहाँसम्म कि आफै सरकार प्रमुख भएको विगत पनि बोक्दैन । पहिले यो सबैको दोष थुपार्न राजसंस्था थियो, तर अहिले गणतन्त्रमा बिकाउ, पैसा, मासुभात खाएर मत खसाल्ने भनेर जनताकै थाप्लोमा दोष थुपार्छन् ।
कुरो फेरि प्रसङ्गमा ल्याउँ, २ सय ४० वर्षको राजसंस्थाले धर्म(परम्परा समाप्त गर्न खोजेको थियो भने आज सम्भवतः ती कुनै हुने थिएनन् । यो कुरा पचाउन कठिन पर्ला, तर धर्मनिरपेक्ष भएको छोटो कालखण्डमा नै कयौँ आफूलाई मुलवासी, आदिवासी आदि भन्नेहरूको धर्म, संस्कृति, परम्परा, रीतिथिति मासिँदै गएको छ । यो धर्मान्तरणले अबको केही वर्षभित्र विगतमा कायम रहेका यी परिचय सबै मासिन सक्ने अवस्थामा पुगेको छ ।
धर्मान्तरणमा रोक लगाएर संरक्षण गरिएको विविधता वर्तमानले आरक्षित बनाएको छ । विगतको २ सय ४० वर्षले विविधता समाप्त पारेर एकै किसिमको मुुलुक बनायो वा बनाएन एकैछिन बिसाएर सोचौँ । अबको केही दशकमै विश्व नै एकै धर्म, संस्कृति, रीतिथिति, परम्पराको बनाइँदै छ इशाइकरणको लहरले । यी परिचयलाई मान्छेको व्यक्तिगत स्वतन्त्रता भनेको सुन्दा ठिक लाग्छ । तर यसले पु¥याउने हानीबाट ध्यान हटाउन छट्टु स्यालले जस्तो चिललाई दोष दिइँदै छ । रोचक छ हामी नयाँ दुनौट पढ्दैछौँ( दश दुनी पाँच, नमाने ढाड भाँच !
घटना र विचार

You might also like