इटहरीमा बम विस्फाेट, दुई जना घाइते

0

घटनास्थलमा भेटियो कफनको पर्चा

१५ चैत, विराटनगर । सुनसरीको इटहरीमा बम विस्फाेट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विस्फाेट भएको हो । विस्फाेटमा परी दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विस्फाेटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

उनका अनुसार थापाको डेरामा बम विस्फाेट भएको थियो । विस्फाेटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थलबाट कङग्रुएन्ट फ्रन्ट अफ नेपाल (कफन)को  पर्चा बरामद भएको प्रहरीले बताएको छ । विस्फाेटमा घाइते भएकाहरू कफनका कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए ।

विस्फाेट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।onlinekhabar

You might also like