एमसीसी खारेजीको माग गर्दै दश दलीय मोर्चाको बुटवल,बाँके र बर्दियामा बिरोध कार्यक्रम

0

आयुष न्यौपाने

बुटवल २६ जेठ – रुपन्देही जिल्लाको बुटवलमा एमसीसी खारेजी र भारतीय अतिक्रमणका विरुद्ध दश दलीय मोर्चाले संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल हस्पिटल लाइनको पुष्पलालपार्कमा सम्पन्न उक्त विरोध कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) पिविएम तथा ५ नम्वर प्रदेश सेक्रेटरी प्रेम सुवेदी, राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, नेकपा(माले)का स्थायी समिति सदस्य गोपालमणी गौतम, नेकपा (माओवादी केन्द्र)का सचिव विनोद उपाध्यायले सम्वोधन गर्नुभएको थियो । उक्त विरोधसभाको अध्यक्षता राजमोका जिल्ला अध्यक्ष टानबहादुर के.सी ,स्वागत मन्तव्य राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा र कार्यक्रमको संचालन देजमो नेपालका जिल्ला सचिव मोजीव अलीले गर्नुभएको थियो ।
त्यस्तै बाँकेमा एमसीसी खारेजीको माग गर्दै दश दलिय संयुक्त कार्यक्रम कोहलपुरमा सम्पन्न भएकोछ । नेपालगञ्जको चौराहा बजारबाट सुरु गरिएको जुलुस साझाचोक हुँदै एनटिभीरोडमा गएर विरोधसभामा परिणत गरिएको थियो ।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गरौ’भन्ने मूल नारा लेखिएको व्यानर सहीतको विरोध जुलुसको सभालाई नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तेज बिक्रम शाही, नेकपा (माओवादी केन्द्र)का पिबिएम नरेश शाही र नेकपा (मसाल) का पिबिएम बेदप्रसाद आचार्यले सम्वोधन गर्नुभएको थियो ।
उक्त विरोधसभाको अध्यक्षता भिम प्रसाद देवकोटा र संचालन हरिकृष्ण न्यौपानेले गर्नुभएको थियो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
ठाकुरबाबा न.पा. भुरिगाउमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद, दलाल ओली सरकारका विरुद्ध चर्काे नाराबाजी गरेर विरोध गरेका हुन ।
“राष्ट्रिय स्वाधीनताको रक्षा तब मात्र हुन्छ जब तीन करोड नेपालीको हातमा बन्दुक हुनेछ“ पार्टीका पिविएम भुपेन्द्र न्यौपानेले उक्त विरोध सभालाई सम्बोधन गर्दा बताउनु भएको थियो ।
साथै कोरोना भाइरसको महामारीलाई लक डाउन गरेर मात्र नियन्त्रण गर्न खोज्नु मुर्खता भएको र यसको विकल्प राज्यले दिनुपर्ने न्यौपानेले बताउनुभयो ।
नेकपा क्रान्तिकारी माओवादी बर्दिया जिल्लाको आयोजनामा विरोध प्रदर्शनका साथै विरोधसभा समेत सम्पन्न गरिएको छ ।
पार्टीका नेता धर्मराज रिजालले सञ्चालन गरेको विरोधसभालाई पार्टीका पिविएम भुपेन्द्र न्यौपाने , क्रान्तिकारी युवा लिग नेपालका महासचिव दिलबहादुर कठायत र राष्ट्रिय जनमोर्चाका नेता लगायतले सम्बोधन गरेको बताइएको छ ।

You might also like