सापकोटाका परिवारलाई बीमा रकम हस्तान्तरण

0

बर्दघाट १४ मंसिर– सानिमा लाईफ ईन्स्योरेन्स लिमिटेड बर्दघाट शाखाले आफ्ना बिमित बर्दघाट ९ भुताहा महेन्द्र सापकोटाका परिवारलाई बीमा दावी रकम हस्तान्तरण गरेको छ । सानिमा म्यादी जीवन बिमा गरेका मृतक सापकोटाकी जिवनसंगिनी रिता पौडेल सापकोटालाई कम्पनीले ५ लाख रुपैया प्रदान गरेको हो । सापकोटाको गत असोज ५ गते मृत्यु भएको थियो ।
दावी रकमको चेक हस्तान्तरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कविराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाई, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी का प्रदेश प्रबन्धक जयदेव गौतम, शाखा प्रबन्धक ढाकाराम तिमिल्सिना, मार्केटिङ्ग अफिसर कल्पना खनाल, दिब्यज्योती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दिपक बहादुर खड्का, राजामहात्मा पुर्णभद्र माविका शिक्षक एकनारायण तिमिल्सिना, एजेन्सी म्यानेजर केशर प्रसाद पोखरेल, सुरज सापकोटा, नन्दकुमारी तिवारी भुषाल लयागतको उपस्थिति रहेको पूर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

You might also like