राजदूत शर्माले गरे राष्ट्रपतिबाट शपथ ग्रहण

0

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालका आवासीय राजदूत शङ्करप्रसाद शर्मालाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुकरबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री नारायण खड्का पनि उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा गत चैत ६ गते राष्ट्रपति भण्डारीले शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।kantipurnews

You might also like