प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसको पालिका केन्द्रित आन्दोलन, रुपन्देहीका यी ठाउँमा हुँदैछ प्रदर्शन

0

माघ ३, बुटवल- प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले आज देशभरका सबै स्थानिय तहमा प्रदर्शन गर्दैछ। पूर्वनिर्धारित कार्यक्रम देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन भइरहेको कांग्रेसले जनाएका छ।  यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

यसैबीच रुपन्देहीका १६ वटै स्थानिय तहहरुमा कार्यक्रम भइरहेको छ।  कांग्रेस जिल्ला समिति रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, सैनामैना नगरपालिकाको बुद्धनगर, तिलोत्तमा नगरपालिकाको मणिग्राम, देवदह नगरपालिकाको खैरेनी, सिदार्थनगर नगरपालिकाको भैरहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको महिलावार बजारमा विरोध प्रर्दशन र सभा सुरु भएको छ ।

त्यसैगरि रुपन्देहीको रोहिणी गाउपालिकाको पोखरभिण्डी, ओमसतियाको हाटिफर्साटिकर, शुद्धोधनको फर्साटिकर, सियारीको हर्नैया, गैडहवाको मंगालहपुर, कञ्चनगाउपालिकाको हरैया बजारमा कार्यक्रम तय गरिएको छ। त्यसैगरि मयादेवी गाउपालिकाको वरकसिया, कोटहीमाईको मजगांवा, मर्चवारीमाईको वडवासिया, सम्मरीमाईको रोहिणीहवा प्रदर्शन भएको कांग्रेसले जनाएको छ।

लुम्बिनी टाइम्स

You might also like