बर्दघाटमा प्रथम मेयर कप जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

0

बर्दघाट १२ चैत्र– बर्दघाट नगर खेलकुद विकास समितिको आयोजना बर्दघाट ब्याडमिन्टन क्लबको सह–आयोजनामा प्रथम मेयर कप जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरिएको छ ।

बर्दघाट–४ नयाँबस्तीस्थित बर्दघाट कवर्डहलमा प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख धीरज शर्मा बस्यालले आफूले आफ्नो पाँच बर्षे कार्यकालमा खेलकुदका संरचनाहरु निर्माण गरेको बताउनुभयो । उहाँले खेलकुदले नगरको पहिचान समेत दिने भएको हुदाँ खेलक्षेत्रसंग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।
उपप्रमुख मायादेवी पौडेलले खेल क्षेत्रबाट जनशक्ति उत्पादन गर्न सहज हुने बताउदैं महिलाहरुले खेलकुदमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शंकर भण्डारीले बर्दघाट नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको काम लोभलाग्दो रहेको बताउनुभयो ।
बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता बर्दघाट ब्याडमिन्टन क्लबका कोषाध्यक्ष तारा प्रसाद गौतमको स्वागत क्लबका सचिव शोभाकान्त कोइराला(शिव)को संचालनमा भएको कार्यक्रममा क्लबका अध्यक्ष बेल बहादुर छन्त्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

 

 

You might also like