विदेशबाट आउनेलाई राख्न क्वारेन्टाइन

0

काठमाडौँ, भदौ १३ गते ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न काठमाडौँ उपत्यकामा दुई हजार जना बस्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्ने सरकारको योजनाअन्तर्गत यसअघि ९५० जना बस्ने व्यवस्थापन भएकोमा थप एक हजार ५० जना बस्ने व्यवस्था भएको हो । उनीहरूका लागि अलग अलग शøया हुनेछ ।
गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार तीन जिल्लामा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन तयार भएको छ । थप स्थान पहिचान गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थान पहिचान गर्न निर्देशन भएको जानकारी उहाँले दिनुभयो ।
मन्त्रिपरिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ । सोही समितिको पहलमा थप एक हजार ५० जना बस्ने गरी एकीकृत क्वारेन्टाइनको व्यवस्थापन भएको हो ।
सहप्रवक्ता लामिछानेका अनुसार सरकारले बढीमा छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थान पहिचान भइरहेको छ ।

Gorkha patra

You might also like