स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ : ओली
ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए । ‘मकैको खेती काण्ड भन्ने पुस्तक लेख्दा जेल जानुपर्ने अवस्था थियो । लक्ष्मीप्रसाद देवकोटाले लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘२००७ सात सालपछि बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलायो ।’ उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए । नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै उनले कहिले पनि उनले राजाको विरोध नगरेको उल्लेख गरे । उनले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको उल्लेख पनि गरे ।