पशुपतिनाथ : मेला सकियो, भिड सकिएन 

0

रेशम अधिकारी, काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको पशुपतिमा लाग्ने मेला यसवर्ष  स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ सञ्चालन गरियो । सधैं झै पशुपतिनाथको दर्शन गर्न र शिवरात्रि पर्वको मेला अबलोकन गर्नकै लागि नेपाल र भारतका भक्तजनहरू घुइँचो  लाग्यो ।

शिवरात्रीको दिन मंगलबारमात्र ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ ।

पशुपतिमा थेगी नसक्नु भिडकै कारण शिवरात्रीको दिन (मंगलबार) मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्कियो  । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भए । प्रहरीका अनुसार पुल जीर्ण छ भन्ने खबर थियो, त्यसैले त्यता नजान प्रहरी सचेत गराइरहेको थियो ’ ‘यद्यपि पुल भत्कियो, तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन ।’

महाशिवरात्री सकिएसंगै  मेलामा आएका साधुसन्तहरुलाई  बिहीबार बाटो खर्चसहित बिदाइ गरियो ।

यद्यपि महाशिवरात्री सकिए पनि पशुपतिनाथ मन्दिर परिसरमा भिड भने उस्तै छ । यसै पनि सोमबार र शनिबार मन्दिर  परीसर भिड हुन्छ  । महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालनमा छ  । मन्दिर  दर्शन भन्दा पनि मेला अबलोकन गर्नेको भिड शनिबार बढी देखिथ्यो । मेलामा बालबालिका एवं वयस्कका लागि समेत पिङलगायतका खेलहरुमा भिड अत्यधिक देख्न सकिन्थ्यो ।

मेला अबलोकनसंगै  विभिन्न सामग्रीको किनमेल तथा मिठो  खानाका परिकाको स्वाद लिन पाइने भएकाकाले आफु बुटवल देखि राजधानी आएको मेलामा भेटिएका निशात पंगेनीले बताए  । स्थानीयका अनुसार शनिबार सार्वजनिक विदा र मेला सकिन ३  दिन मात्र बांकी भएकाले दर्शकको चाप बढेको हो ।setomasi

You might also like