कांग्रेसले आज स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे निर्णय गर्ने

0

नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन्।

आइतबारको बैठकमा  केन्द्रीय सदस्यहरु एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी र उमेशजङ्ग रायमाझीले आ–आफ्नो धारणा राखेको थिए।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, अर्जुनजङ्गबहादुर सिंह, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सेजुवाल, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल ९आचार्य०, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आफ्नो धारणा राखेका थिए।

स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो।

चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन्।malmalafm

You might also like