कविता : बिचित्र

0

बासुदेव सापकोटा

बिचित्र  ; यि महामुर्ख मात्रै हुन त?
के यिनका आसेपासे पनि महामुर्खै हुन त?
सवाल यो मात्रै हो र?

सवाल त हामी महामुर्ख वनिरहेछौं भन्ने होइन र?

यि त गलल्लल हास्दै,
जनतालाइ महामुर्ख वनाउन सकेकोमा रमाइ रहेछन,
अनि अर्काथरी उट्पट्याङ अर्थ र विधीलाइ
संजीवनी हो भन्दै टेवल ठोकिरहेछन्!!

यि त निर्लज्ज कपटी हुन्,
अनि सामान्य दया, चेत र ज्ञान हराएका,
निर्मम् महाअपराधी हुन्,

हावामा तिर छोडेर,
‘प्रलय आकास भेदनको’ सवुत दिन खोज्ने
यि त महाधुर्त होइनन् र?                                                      बर्दघाट ४ हाल साउदी

You might also like