एमसीसीको बिरोधमा पाँच दल र एक मोर्चाको बन्द आब्हान

राष्ट्रघाती एमसीसी बिरुद्धको बन्द सफल बनाउन आग्रह

0

नवलपरासी : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी ) को विरोधमा आन्दोलनरत दलहरुले पाँच दल र एक मोर्चाले भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसीसीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देजमोले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको पूर्वसन्धामा देशैभर मसाल जुलुस गर्ने समेत जनाइएको छ । पश्चिम नवलपरासीमा क्रियाशिल पाँच दलीय मोर्चाले बन्द सफल बनाउन आब्हान समेत गरेका छन् । राष्ट्रघाती एमसीसी पास गर्नेहरुका बिरुद्ध लाग्न अपिल गर्दै मोर्चाले बन्द सफल बनाउन सबैसंग आग्रह गरेको हो ।

 

You might also like