नर्सहीबाट गैडाको उद्धार गरि निकुञ्जलाई जिम्मा लगाईयो

0

श्याम थापा
सुस्ता २० श्रावण – पश्चिम नवलपरासीको सुस्ता बाट एक पोथी बयस्क गैडाको उद्दार गरि निकुञ्जलाई जिम्मा लगाईएको छ । करिब ५ दिन देखि अघि बेवारिसे अवस्थामा सुस्ता ४ नर्सही बस्ने नन्दलाल गुप्ताको उखुबारीमा रहेको गैडा मङलबारको दिन बिहान ८ बजे तिर कृषक नन्दलाल गुप्ता खेतमा काम गर्न जादा आफ्नो उखुबारिमा जिवितै गैडा देखिएपछी स्थानीय र प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै पुगेको नेपाल प्रहरी र सब डिभिजन बन कार्यालय प्रतापपुर सुस्ता,जिल्ला बन कार्यालय पश्चिम नवलपरासी र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको टोलिले गैडाको उद्दार गरि आवस्यक प्रकृया पूरा गरि चितवन राष्ट्रिय निकुन्जमा लगेको सब डिभिजन बन कार्यालय प्रतापपुर सुस्ताका प्रमुख मनोज न्यौपानेले बताउनुभयो ।

You might also like